गायक मुरलीधरको शुक्रबार ‘एकल साँझ’

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, ११ : ०८
गायक मुरलीधरको शुक्रबार ‘एकल साँझ’

 

काठमाडौँ । गायक तथा संगीतकार मुरलीधरले शुक्रबार ‘एकल गायन साँझ’ गर्ने भएका छन्।

नेपाली गायन क्षेत्रका पुराना गायक तथा संगीतकार मुरलीधरले भोलि शुक्रबार साँझबाट ६ देखि ७ बजेसम्म एकल साँझ गर्ने भएका हुन्।सो कार्यक्रम नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यका साथ लागेको नेपाल केन्द्रको आयोजनामा काठमाडाैँकाे बत्तीसपुतलीस्थित बाजेको सेकुवामा हुन लागेको हो।

कार्यक्रममा दर्शकलाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको र त्यसमा गीत-संगीतलाई माया गर्ने सीमित दर्शकलाई मात्र सहभागी गराउने तयारी रहेको आयोजक संस्था नेपाल केन्द्रका अध्यक्ष निर्मलकुमार थापाले जानकारी दिए।वर्तमान समयमा पुराना कलाकार, शास्त्रीय संगीत ओझेलमा पर्ने संकेत देखिएकाले पुराना कलाकारको संरक्षण गरी शास्त्रीय संगीतलाई जीवित राख्नका लागि सो कार्यक्रमको आयोजना गरिएको समेत अध्यक्ष थापाले बताए।

मुरलीधरले ‘उडायो सपना सबै हुरी’, ‘निष्ठरीलाई माया गरी’, ‘चिसाे चिसाे सिरेटाेमा’ लगायतका थुप्रै गीत गाएका छन्।

प्रतिक्रिया दिनुहोस