मधेस प्रदेशमा शून्यमा झर्‍याे कोरोनाको सक्रिय संक्रमित

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १० : ०६
मधेस प्रदेशमा शून्यमा झर्‍याे कोरोनाको सक्रिय संक्रमित

काठमाडाैँ । मधेस प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका अनुसार मधेसको आठवटै जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हाे।

मधेस प्रदेशमा हालसम्म ४१ हजार ४ सय १७ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ४० हजार ३ सय ५५ जना निको भएका छन् भने १ हजार ६२ जनाले ‍ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिए।

मधेसको धनुषामा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका थिए। यहाँ ९ हजार ४१० जना कोरोना संक्रमित भएका थिए। जसमध्ये १३२ जनाले आफ्नो ज्यान गुमाएको निर्देशनालयको तथ्यांक छ।यस्तै, पर्सामा ७ हजार २६५, बारामा ४ हजार २८९, सप्तरीमा ४ हजार १३०, रौतहटमा ३ हजार ७७९, सिरहामा ३ हजार ७३४ र सर्लाहीमा ३ हजार ३५१ जना कोरोना संक्रमित भएका थिए।

प्रतिक्रिया दिनुहोस