महेन्द्रनगरको होटलमा २१ वर्षीय युवक मृत फेला

सफल खबर संवाददाता

बुधबार, २१ बैशाख २०७९, १० : ३६
महेन्द्रनगरको होटलमा २१ वर्षीय युवक मृत फेला

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा एक जना युवक मृत भेटिएका छन्। 

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय  ‘नाइन इलेभन’  होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । 

प्रहरीका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। प्रहरीले होटललाई सील गरि अनुसन्धान गरिरहेको छ ।  घटना पछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुङ्गामुढा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस