काठमाडौं । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विदेशी सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिन सुरु गरेको छ ।
पर्यटन उकास्ने लक्ष्य राखिएको उक्त कार्यक्रमअन्तर्गत मन्त्रालयले सहकार्य गरेर विभिन्न सेलिब्रेटीहरुलाई निम्तो गरिरहेका छन् । मन्त्रालयकै निम्तोमा चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन सोमबार बेलुका नेपाल आइपुगेका हुन् ।
कमिटीले एक वर्षको लागि कार्यक्रम तय गरेको छ । आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा विभिन्न मुलुकका विदेशमन्त्रीहरु र सेलिब्रिटीलाई पनि निम्तो दिइने तयारी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, १४ : ००
लेखकबाट थप