‘अवतार’को १२ वर्षपछि सिक्वेल आउँदै, १६० भाषामा रिलिज हुने

एजेन्सी

विहीबार, १५ बैशाख २०७९, १५ : ०६
‘अवतार’को १२ वर्षपछि सिक्वेल आउँदै, १६० भाषामा रिलिज हुने

काठमाडौं । जेम्स क्यामरुनको सुपरहिट हलिउड चलचित्र ‘अवतार’ रिलिजको १२ वर्षपछि ‘अवतार २’ निर्माणको घोषणा गरिएको छ ।

सन् २००९ मा रिलिज भएको यो चलचित्रले फिल्मी दुनियाँको सोच नै परिवर्तन गरिदिएको थियो । १२ वर्षपछि निर्माण टिमले ‘सिक्वेल’को रिलिज मिति, पहिलो झलक, नाम र कतिवटा भाषामा रिलिज हुन्छ समेत घोषणा गरेको छ ।‘अवतार २’ को ट्रेलर र टिजर पनि चाँडै हलहरूमा रिलिज गरिने बताइएको छ । हलिउड चलचित्र ‘डाक्टर स्ट्रेन्ज २’ को रिलिजताका यसको ट्रेलर सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । ‘अवतार २’ २०२२ डिसेम्बर १६ मा रिलिज गर्ने निर्माण टिमको योजना छ ।

रिपोर्टका अनुसार यसको सिक्वेल ‘अवतार : द वे अफ वाटर’ नामबाट १६० भाषामा प्रदर्शन हुनेछ । निर्माण घोषणासँगै सार्वजनिक पहिलो झलकमा नावीलाई ह्वेलजस्तो विशाल माछासँग संवाद गर्दै गरेको देखाइएको छ ।निर्देशक क्यामरुन भन्छन्, “अवतारको पहिलोे भागका साथ हामी ठूलो पर्दाको सीमाहरू धकेल्न निस्क्यौँ । अब यो नयाँ अवतार फिल्मका साथ हामी ती सीमाहरूलाई अझ अगाडि बढाउँदै छौँ । थ्रीडीका साथ उच्च गतिशील दायरा, उच्च फ्रेमदर, उच्च रिजोल्युसनका साथ हाम्रा भिजुअल इफेक्ट्स यसपटक वास्तविकताको अझ नजिक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस