महालक्ष्मी विकास बैंक नारायणगढद्धारा चेपाङ विद्यार्थीलाई स्टेशनरी वितरण

शनिबार, ०५ जेठ २०७५, ११ : ०२
महालक्ष्मी विकास बैंक नारायणगढद्धारा चेपाङ विद्यार्थीलाई स्टेशनरी वितरण

चितवन । महालक्ष्मी विकास बैंक नारायगढ शाखाले सीमान्तकृत चेपाङ समुदायका विद्यार्थीहरुलाई स्टेशनरी समाग्री वितरण गरेको छ । कालिका नगरपालिका ८ आधारभुत विद्यालय देविटारमा अध्ययनरत चेपाङ बालबालिकाहरुलाई ३० हजार बराबरको स्टेशनरी र खेलकुद समाग्री वितरण गरेको हो । 

समाजिक कार्यमा उत्तरदायी भूमिका निर्वाह गर्नको लागि बैंकले विगतका बर्षहरुमा जस्तै यस पटक पठनपाठनमा समस्या झलिरहेका कालिका नगरपालिकाका चेपाङ समुदायका विद्यार्थीहरु पठनपाठनमा सहयोग पु¥याउने उदेश्यका साथ निम्न वर्गिय विद्यार्थीहरुलाई समाग्री वितरण गरिएको शाखाका प्रबन्धक विरेन्द्र कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ,“देविटारको सो विद्यायलमा ७० प्रतिशत भन्दा बढी आर्थिक स्थिति कमजोर भएका चेपाङहरु पढ्ने गर्दछन् । हामी उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने चहानाले देविटार स्कुलमा रहात स्वरुप स्टेशनरी प्रदान गरेका हौं ।”

कार्यक्रममा ४० जना चेपाङ विद्यार्थीलाई स्टेशनरी प्रदान गरिएको थियो । कालिका नगरपालिका वडा नं. ८ का अध्यक्ष ईम प्रसाद अधिकारीले महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रमा गरेको योगदानले शैक्षिक क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्र बहादुर मगर, विद्यालयका प्रचार्य अर्जुन प्रसाद रिजाल, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष हरि बहादुर भण्डारी लगाएतले मन्तव्य राख्नुभएको थियो । महालक्ष्मी विकास बैंक शहिदचोक शाखााका कर्जा प्रमुख श्यामबाबु तिमिल्सीनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 

प्रतिक्रिया दिनुहोस