सीमान्तकृत चेपाङ छात्रा सरितालाई आर्थिक सहयोग

शुक्रबार, ०४ जेठ २०७५, १९ : ३०
सीमान्तकृत चेपाङ छात्रा सरितालाई आर्थिक सहयोग

चितवन । भरतपुर अस्पतालको नर्सिङ प्रविणता प्रमाणपत्र तह तेस्रो बर्षमा अध्ययनरत सीमान्तकृत चेपाङ छात्रा सरिता चेपाङलाई सहयोग प्राप्त भएको छ । उनलाई ३ बर्षसम्म चितवन समाज भिक्टोरिया अष्टे«लियाले सहयोग गर्ने तालिका अनुसार तेस्रो बर्षमा रु ८० हजार सहयोग प्राप्त भएको हो । 
संस्थाका निवर्तमान अध्यक्ष सोम प्रसाद गुरुङले भरतपुरमा एक कार्यक्रमका बिच संरक्षण दिइरहेको संस्था ‘हामी नगरे कसले गर्ने मार्फत रकम प्राप्त भएको छ ।  चितवन समाज भिक्टोरिया अष्टे«लिया यो सगैँ सरिता चेपाङको पठनपाठनको लागि रु २ लाख ४० हजार सहयोग गरेको छ । कार्यक्रममा बोल्दै समाजका निर्वतमान अध्यक्ष सोमप्रसाद गुरुङले आफुहरुको सानो सहयोगले एक चेपाङ चेलीको भविष्य उज्वल भएको र उनले प्रगति गरेकोमा खुशि ब्यक्त गरे ।
सरिताले भरतपुर अस्पतालको प्रमाण पत्र तहको पहिलो र दोसो परिक्षामा पनि क्रमश : ८१ र ८६ प्रतिशत अङक सहित प्रथम स्थान हासिल गरिरहेकी छिन् । रकम प्राप्त गरेपछि सरिताले भनिन् ,मेरो कक्षा ६ मा पढ्दा देखि नै डाक्टर वा नर्स बन्ने सपना थियो । डाक्टर पढ्न नसके पनि नर्स बन्ने चहाना भने पुरा भएको भन्दै सबै दाताहरुलाई धन्यवाद व्यक्त गरिन् । अहिले आफुलाई धेरै भाग्यमानी ठानेको छु ।

सरिताको छात्रावास, शैक्षिक तथा प्रयोगात्मक सामग्रीका लागि मासिक करिब रु ६ हजार खर्च हुने गरेको छ। सरिता चेपाङ समुदायबाट एसएलसी परीक्षामा छात्रातर्फ हालसम्मकै बढी अङ्क ल्याउने विद्यार्थी हुन्। उनले २०७१ सालको एसएलसीमा राष्ट्रिय प्राथमिक विद्यालय जोगीमारा–१, खोरभञ्ज्याङबाट ७४.१३ प्रतिशत अङ्क हासिल गरी प्रथम श्रेणीमा उत्तीर्ण गरेकी थिइन्।कार्यक्रम ‘हामी नगरे कसले गर्ने का अध्यक्ष बिनाेदबाबु रिजालकाे अध्यक्षता सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस