बनेपा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी दुई हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेकपा (एमाले) एक्लैले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरी मनोनयन दर्ता गरिएको छ । वडामा भने अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाएका छन् । बनेपा नगरपालिका प्रमुखमा १० तथा उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा ११–११ जनाले मनोनयन दर्ता गराएका छन् । बनेपाको उपप्रमुखमा तीन र मण्डनदेउपुरको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएका छन् । धुलिखेल नगरपालिका प्रमुखमा १० र उपप्रमुखमा ६, पाँचखाल नगरपालिका प्रमुखमा ६, उपप्रमुखमा पाँच र नमोबुद्ध नगरपालिका प्रमुखमा चार र उपप्रमुखमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।
कोशीपारिस्थित भुम्लु गाउँपालिका अध्यक्षमा आठ र डाँडापारिस्थित खानीखोला गाउँपालिका अध्यक्षमा सात जनाको मनोनयन दर्ता भएको छ । उपाध्यक्षमा चार–चार जनाले उम्मेदवारी दिएका छन् । यस्तै रोशी, चौँरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्षमा पाँच–पाँच जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा चार–चार जना, बेथानचोकमा आठ र चौँरीदेउरालीमा दुई जनाले मनोनयन दर्ता गराएका छन् ।
महाभारत गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा ६७०, सदस्यमा एक हजार ३७, महिला सदस्यमा ४८७ र दलित महिला सदस्यमा ४३० जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ बैशाख २०७९, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अझै रोकिएन बालविवाह