पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् ।
थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए ।२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिन लागेको बताएका छन् ।
एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ । यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो ।
उपमेयरमा भने मन्जुदेवी गुरुङ नै दोहोरिने भएकी छिन् । यसअघि आफू नउठ्ने बताएकी मन्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा
कृष्ण धितालले गरे ३० जनाकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने
गण्डकी प्रदेशको गौरव 'कोरोला–त्रिवेणी' सडक कालोपत्र गरिँदै