काठमाडौं ।दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाका २ पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ ।
स्वास्थ्य कार्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी दाङको आयोजना भएको कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य सञ्चालन परियोजना सम्बन्धी अभिमुखीकरण तथा समन्वयात्मक कार्यशालामा परियोजना प्रमुख राजकुमार क्षेत्रीले सबै नागरिकलाई शतप्रतिशत खोप लगाउन खोज र खोपको नीतिलाई पालिकासँगको सहकार्यमा अघि बढाइने बताए ।‘कोभिडका कारण प्रभावित भएका परिवारलाई वैज्ञानिक मनोसामाजिक परामर्श गर्दै जीवनोपयोगी सीप सिकाउन अभियान महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘खोज र खोप नीति यहीभित्र पर्छ ।’
उनले मोबाइल क्याम्प राखेर भए पनि दुर्गम क्षेत्रका हरेक नागरिकलाई कोभिडबाट बचाउन खोप अभियान विकेन्द्रित गरेर लैजाने रणनीति रहेको बताए ।जिल्लामा हालसम्म ८९ दशमलव ५ प्रतिशतले मात्रै कोभिडविरुद्ध पूर्णमात्रामा खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा हाल २ मात्रै सक्रिय संक्रमित छन् । १३ हजार २३० संक्रमित रहेकोमा ३३७ जनाले ज्यान गुमाएका छन् ।
कार्यालय प्रमुख अंगदबहादुर शाहीले २ पालिकाबाट थालनी गर्न लागिएको अभियानले कोभिड नियन्त्रण गर्नका लागि विशेष काम गर्ने हुँदा समस्या पहिचानका लागि सम्बन्धित ठाउँमा पुगेर सेवा दिन अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १५ : ४३
लेखकबाट थप