इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली क्यापिटल्सका अलराउण्डर मिचेल मार्शलाई कोरोना संक्रमण देखिएको छ ।पछिल्लो समय गरिएको परीक्षणमा अलराउण्डर मार्शलाई कोभिड संक्रमण पुष्टि भएको हो ।
कोरोना देखिएसँगै उनलाई मुम्बईको एक अस्पताल भर्ना गरिएको क्लबले जनाएको छ । टाउको दुख्नेलगायतका लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।कोरोना पुष्टि भएसँगै अस्ट्रेलियन मार्शले आइपिएलका केही खेल गुमाउने भएका छन् । दिल्लीले आफ्नो छैटौं खेल बुधबार पुणेमा पञ्जाब किंग्ससँग खेल्ने तालिका छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ बैशाख २०७९, १० : ५२
लेखकबाट थप