काठमाडौं । शन वार्नको स्मृतिमा भएको प्रो–क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले नेपाल जितेको छ । शनिबार भएको फाइनलमा खेलमा मलेसिया–११ लाई ७ विकेटले हराउँदै रुपन्देही च्याम्पियन बनेको हो । सिद्धार्थनगर क्रिकेट रंगशालामा मलेसिया–११ ले दिएको १४१ रनको लक्ष्य पछ्याएको रुपन्देही–११ ले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
रुपन्देही–११ को जितमा प्रज्वल थापाले ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै सन्दीप रजालीले ४१ रनको योगदान गरे । बलिङतर्फ मलेसिया–११ का मुहमद वाफिक, सायद अजिज र शार्विनले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मलेसिया–११ ले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।
मलेसिया–११ का नज्रिल रहमानले ३६, सेईद अजिजले २० तथा जुबईदी जुल्कफ्लेले २६ रन बनाए । रुपन्देही–११ का बसिर अहमदले दुई विकेट लिए । त्यस्तै कृष्ण कार्की, रुपेश कुर्मी, बिक्रम भुसाल र विशाल बिक्रम केसीले एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १७ : १९
लेखकबाट थप