अख्तियारद्वारा लालबाबु पण्डितविरुद्ध विशेष अदालतमा मुद्दा दायर

बुधबार, ०२ जेठ २०७५, १३ : ३३
अख्तियारद्वारा लालबाबु पण्डितविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन लालबाबु पण्डित र सञ्जिवकुमार साह तथा फोरमेन बाबुसाहेब सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार एक सेवाग्राहीको थ्रि फेज मिटर जडान गर्ने कार्यका लागि रु ३० हजार घुस मागेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको थियो । आरोपी तीनै जनालाई बिगो असुल गरी चार महिनासम्मको कैद सजाय माग गरेको आयोगले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस