बिस्का जात्रा : भेलुखेलमा ठड्याइयो योसिंः द्यो

सफल खबर संवाददाता

विहीबार, ०१ बैशाख २०७९, १७ : ३४
बिस्का जात्रा : भेलुखेलमा ठड्याइयो योसिंः द्यो

काठमाडौं । भक्तपुरमा चलिरहेको बिस्का जात्रा अन्तर्गत भेलुखेलमा योसिं: द्यो ठड्याइएको छ । बिस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं: द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ ।

तर, मध्यरातीसम्म योसिं : द्यो लाई ठड्याउन नसकेपछि विहीबार ठड्याइएको हो । ५५ हाते योसिं: द्योलाई आजै साँझ ढालिन्छ । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ ।

त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।

भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ । यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ ।

यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ । लिङ्गो ठड्याउन बाँधिएका ८ वटा डोरीलाई अष्टमात्रिककको प्रतिक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस