एमाले-माओवादी एकतालाई कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

मंगलबार, ०१ जेठ २०७५, १८ : १२
एमाले-माओवादी एकतालाई कसैले रोक्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दुई पार्टीबीच हुने एकता प्रक्रियालाई कसैले रोक्न नसक्ने बताएका छन् । आज राष्ट्रियसभा गृहमा आयोजित युवा संघ नेपालको २८ औं स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा दोहोर्याएका हुन् । प्रधानमन्त्री ओलीले पार्टी एकताको विरोधमा हल्ला चलाउनेहरुलाई भोली बालुवाटार आउन समेत आग्रह गरे ।

उनले भने, अहिले एमाले एकतिर मुख फर्काउने, माओवादी अर्कोतिर मुख फर्काउने भनेर टिका–टिप्पणी भैरहेका छन् । त्यस्तो टिका–टिप्पणी गर्नेलाई भोली ४ बजे बालुवाटारमा आउन आग्रह गर्छु । यद्यपि, उनले भोली ४ बजे बालुवाटारमा के हुन्छ भन्ने कुरा भने खुलाएनन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जसरी पनि पार्टी एकता हुने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गरेका थिए ।  पछिल्ला दिन दुई पार्टीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई हेर्ने दृष्टिकोण, अरुण तेश्रो सम्बन्धी सम्झौता कार्यक्रममा विभागीय मन्त्रीलाई नसमेटको भन्ने विषयमा विवाद देखिएको थियो । माओवादी केन्द्रकी प्रवक्ता एवम् सांसद पम्फा भुसालले भारतसँग भएको  अरुण तेस्रोसम्बन्धी सम्झौता संविधान विपरित भएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस