काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे २१ का लागि आमनिर्वाचन घोषणा गरेका हुन् । मोरिसनले शनिबार निर्वाचन मिति घोषणा गर्दै मे २१ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् ।
मोरिसनले सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री रहेका छन् । मेरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिट रहेका छन् । सरकार बनाउनका लागि यति नै सिट हुनु आवश्यक छ ।
अष्टे«लियामा सरकार फेरबदल हुन सक्ने र लेबर पार्टी सत्तामा आउन सक्ने चुनावी सर्वेक्षणले देखाएको छ । सन् २०१८ को चुनावमा पनि विभिन्न चुनौतीका बीच मोरिसनले चुनाव जितेका थिए ।
पछिल्लो समयमा प्रधानमन्त्री मोरिसनविरुद्ध थुप्रै आरोप लागेपछि त्यहाँको जनताहरू माझ उनको लोकप्रियता कमी भएको छ । त्यसैले गर्दा पनि आगामी चुनावमा जित्न गाह्रो हुने राजनीतिज्ञहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ चैत्र २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च