बैतडीका ७८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको छ। जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरि ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो।स्वास्थ्य कार्यालयका अनुसार अभियानकै रुपमा टाइफाइड खोप लगाइने भएको छ। अभियान यही चैत्र २५ गते शुरु भएर आगामी वैशाख ८ गते सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिकामा यही चैत २५ गते देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। सुर्नया गाउँपालिकामा वैशाख ४ गतेदेखि ६ गतेसम्म र मेलौली नगरपालिकामा वैशाख ४ देखि ८ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।
१५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लगाइने खोप अभियानका लागि ६ सय २० स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक पनि परिचालन गरिने जनाइएको छ। अभियानका लागि ५ सय ८६ खोप केन्द्र तोकिएका छन्। खोप केन्द्र विद्यालय, स्वास्थ्यचौकीमा राखिएका छन्।
टाइफाइड खोप एक मात्रा दिइन्छ। टाइफाइडबाट बचाउनका लागि बालबालिकाहई टाइफाइडविरुद्ध खोप पहिलो पटक दिन लागिएको हो। यो खोप बालबालिकामा टाइफाइड प्रतिरोधात्मक क्षमता बढाउन झण्डै ९७ प्रतिशत सफल रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ चैत्र २०७८, १६ : २२
लेखकबाट थप