नेपाली फुटबल टोली आज स्वदेश फर्कने

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १२ : ३४
नेपाली फुटबल टोली आज स्वदेश फर्कने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग पराजित भएको थियो । चिनाबुरीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । 

एएफसी एसिया कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेलेको थियो । 

प्रतिक्रिया दिनुहोस