मोदीको अभिनन्दनमा मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

आइतबार, ३० बैशाख २०७५, ११ : ४९
मोदीको अभिनन्दनमा मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराएका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको  अभिव्यक्ति आएको बताएका छन् । 
उनले भने–‘जनकपुरमा नागरिक अभिनन्दनमा, अभिव्यक्त भएका कुराहरु अलिक राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीका कमजोर र अनुपयुक्त हो,’ संसदमा प्रधानमन्त्री ओलीले भने,‘ ती अनुभवनका कारणले रहे होला ।’  तर त्यो धारणा नेपाल सरकारको नभएको उनले स्पस्ट पारे । 
‘नेपाल सरकारको जसले परराष्ट्र सम्बन्धबारे हेर्छ ती नीति होइनन्’ओलीले भने,‘ परराष्ट सम्बन्ध, नेपाल भारत सम्बन्धका स्पष्ट धारणा छदै छन् ।’

प्रतिक्रिया दिनुहोस