चण्डेश्वरी माविलाई कम्प्यूटर हस्तान्तरण

शनिबार, २९ बैशाख २०७५, ०९ : ३४
चण्डेश्वरी माविलाई कम्प्यूटर हस्तान्तरण

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई शुक्रबार १३ थान कम्प्यूटर हस्तान्तरण गरिएको छ ।

प्रभु बैंक, सेञ्चुरी बैंक तथा लक्ष्मी बैंक लिको आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । प्रभु बैंक लि र लक्ष्मी बैंक लिले पाँच पाँच थान तथा सेञ्चुरी बैंक लिले तीन थान दिएका हुन् ।

नालाबाट विभिन्न पेशाव्यवसायमा आबद्ध रहेर नाला बाहिर रहेकाहरुले स्थापना गरेको उग्रचण्डी नाला समाजको पहलमा विद्यालयलाई कम्प्यूटर शिक्षाको पढाइलाई सहयोग पु¥याउने उद्देश्यले वितरण गरिएको अध्यक्ष चन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा कक्षा ४ देखि ९ सम्म कम्प्यूटर विषयको पढाइ भइरहेको शिक्षक श्यामप्रसाद पाण्डेले बताउनुभयो । कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको सो विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस