पौराणिक कथाहरूमा ऋषि-मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन्।
तर हालका दिनहरूमा पछिल्ला केही हजार वर्ष यतादेखि तपस्यारत कुनै ऋषि-मुनि भेटिएको प्रमाण भने छैन। यस्ता कथाहरूमा सत्यको अंश कति र कल्पनाको अंश कति भन्ने फरक छलफलको विषय हुन सक्छ । तर तिब्बतको गुए भन्ने गाउँमा एउटा यस्ता कथा प्रचलित छ। जस अनुसार गाउँमा रहेको स्तुपभित्र एकजना बौद्ध भिक्षु ५ सय ५० वर्षदेखि तपस्यारत रहेको मानिन्छ ।
मानिसहरूले ती भिक्षुका कपाल र नङ बढ्न थालेकाले तिनलाई ममी मान्दैनन् यसका सम्बन्धमा दुई फरक फरक कथाहरू प्रचलित रहेका छन्:
पहिलो कथा
गाउँलेहरूक अनुसार यो ममी पहिले गाउँको स्तूपभित्र रहेको थियो। पछि उक्त स्तूप भत्किएपछि यसलाई निकालेर परिक्षण गर्दा यो साढे पाँच सय वर्ष पुरानो रहेको र ध्यान मुद्रामा रहेको तथ्य पत्ता लाग्यो।
विशेषज्ञहरूले जाँचका क्रममा उक्त शरीरमा कुनै पनि लेप नलगाएरै जमिनमुनि राखिँदा समेत खराब नभएको कुरा पत्ता लगाए ।
गाउँका बुढापाकाहरूका अनुसार पन्ध्रौँ शताब्दीमा गाउँलाई एउटा ठुलो विपत्तिबाट बचाउन एउटा सन्त घोर तपस्यामा बसेका थिए। कयौं वर्ष अगाडि उक्त गाउँमाथि विषालु बिच्छीहरूले आक्रमण गरेका थिए उनी गाउँलाई यस विपदाबाट बचाउन ध्यान गर्न थाले । उनले समाधिको चरणमा पुग्ने बित्तिकै एउटा चमत्कार भयो। आकाशमा बिना बादल नै इन्द्रधनुष प्रकट भयो र गाउँ बिच्छीहरूको आतंकबाट मुक्त भयो।
दोस्रो कथा
केही मान्छेहरू यो ममी बौद्ध भिक्षु सांङ्ला तेन्जिङ्ग मान्छन्। उनी तिब्बतबाट भारत भ्रमणमा आएका थिए। भारतबाट फर्किएपछि उनी यो गाउँमा ध्यान लगाउन थाले र कहिल्यै उठेनन्।
मानिसहरू अहिले पनि त्यस ममीका कपाल तथा नङहरू बढ्ने गरेकाले उनी जीवित नै रहेको र ध्यानमग्न रहेको मान्दछन् । गाउँलेहरूका अनुसार एकपटक त्यस ममीकी टाउकोमा कोदालोले चोट लाग्दा त्यबातारगत समेत बगेको थियो। अहिले पनि उक्त चोटको खत स्पष्टसँग देख्न सकिन्छ। हाल यसलाई गाउँको धरोहर मानेर पुनर्स्थापित गरिएकोप छ। अचेल उक्त भिक्षुको ममीलाई एउटा काँचको क्याबिनभित्र राखिएको छ र वरिपरिका श्रद्धालुहरू यसको दर्शन गर्न ओइरिने गर्छन् ।
प्रतिक्रिया दिनुहोस