चितवन । चितवनमा चैत ९ गतेदेखि ‘प्रथम भरतपुर मेयर कप तीन दिवसीय र एकदिवसीय क्रिकेट हुने भएको छ । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदान तीन दिवसीय र एकदिवसीय क्रिकेट हुने भएको हो ।
एकै पटक दुई विधामा प्रतियोगिता आयोजना गर्न गरिएको इभेन्ट्सका अध्यक्ष राजु चौधरी जानकारी दिए । पहिलो चरणमा चैत ९ देखि ११ गतेसम्म चितवन र मकवानपुरबीच तीन दिवसीय क्रिकेट प्रतियोगिता हुनेछ । त्यसलगत्तै चैत १३ देखि १६ गतेसम्म चितवन, मकवानपुर र नवलपुरबीच त्रिकोणात्मक एकदिवसीय क्रिकेट हुने चौधरीले बताए ।
नेपाललाई टेस्ट राष्ट्र बनाउन सघाउ पुर्याउने उद्देश्यले चितवनमा पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । चितवनमा पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगितलाई चितवन जिल्ला क्रिकेट संघले स्वीकृति प्रदान गरिसकेको छ ।
प्रतियोगिताको प्रवद्र्धकहरुमा भरतपुर महानगरपालिका र चितवन जिल्ला क्रिकेट संघ रहेको छ । इभेन्ट्सले यस अघि चितवन प्रिमियर लिग (सिपिएल) पनि आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर मेयर कप : लिग चरण सकियो, चार टोली सिधै क्वाटरफाइनलमा प्रवेश
भरतपुर मेयर कप : स्कूल र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान
भरतपुरमा वैशाखदेखि मेयर कप फुटबल हुने, मुख्य प्रायोजनमा सेन्ट्रल कलेज