हाम्रो पूरा संसार सूर्यको वरिपरि घुमिरहेको छ । सूर्य निस्कँदा दिन हुन्छ डुब्दा रात । तर यदि कुनै दिन सूर्योदय नभए के होला ? यदि सूर्यको मृत्यु भए संसार पनि समाप्त होला ? तारा खस्नेबारे त तपाईंले सुन्नु भएकै होला । तर कहिले हाम्रो सौर्य मण्डलको केन्द्रमा रहेको तारा जसलाई हामी सूर्य भन्छौं, कुनै दिन समाप्त होला भन्ने बारे सोच्नुभएको छ ।
वैज्ञानिकको मान्यता अनुसार अबको पाँच अर्ब वर्षमा सूर्यको मृत्यु हुनेछ । तर अहिलेसम्म यी वैज्ञानिकलाई थाहा थिएन कि कि जब सूर्यको मृत्यु हुनेछ, तब के होला ? ब्रिटेनको म्यान्चेस्टर युनिभर्सिटीका खगोलविद्को एक अन्तर्राष्ट्रिय समूह यसबारे पत्ता लगाउन सफल भयो ।
उनीहरुले उक्त घटनाका बेला हुने परिवर्तनको केही भविष्यवाणी गरेका छन् । यी खगोलविदका अनुसार सूर्यको मृत्युका समय नजिकिएपछि यो इन्टरस्टेलर (तारा बीचको) ग्यास र धुलोको एक चम्किलो रिंगमा परिवर्तन हुनेछ ।
यो प्रक्रियालाई प्लानेटरी नेबुला भनिनेछ । प्लानेटरी नेबुलाको यो प्रक्रियाले जीवित तारामा ९० प्रतिशतसम्मको परिवर्तन ल्याउनेछ र रातो रङको विशाल सूर्यको आकार एउटा सानो सेतो रङको गोलोजस्तो हुनेछ । ‘नेचर एस्ट्रोनोमी’ नामको एक स्टडीका लेखक एल्बर्ट जिज्लस्ट्राले भने, ‘जब एक तारा मर्छ तब त्यसले निकै धेरै ग्याँस र धुलो निकाल्छ जसलाई एनवल्प भनिन्छ । यो धुलो र ग्यास सूर्यको कूल वजनको आधा भागमा पुग्नेछ र ताराको न्यूक्लियसमाथि पनि असर पुर्याउनेछ । जब न्यूक्लियस यसको सम्पर्कमा आउँछ तब बिस्तारै बिस्तारै यो कमजोर भएर मर्ने गर्दछ ।’
वैज्ञानिक भन्छन्, ‘यो त्यतिबेला हुन्छ जब तारा भित्रको तातो भागका कारण त्यसबाट निस्कने ग्याँस र धुलो १० हजार वर्षसम्म चम्किने गर्दछ । यो खगोल विज्ञानमा छोटो अवधी हो । ’ ‘यस्तो हुँदा प्लानेटरी नेबुला देखिन्छ । थुप्रै नेबुला यति चम्किला हुन्छन् कि त्यसलाई लाखौं प्रकाश वर्षको दुरीबाट पनि देख्न सकिन्छ । ’
म्यान्चेस्टर युनिभर्सिटीका एल्बर्ट जिज्लस्ट्राले भने, ‘हामीले करोडौं वर्ष पुरानो ताराको उपस्थितीबारे पत्ता लगाउनुका साथै अब हामीले मर्ने बेला सूर्य कस्तो हुनेछ भन्ने पनि खोजी गरेका छौं ।’ अनुसन्धान पूरा नभएसम्म वैज्ञानिकलाई सूर्यसँग पनि यस्तो केही होला भन्ने थाहा थिएन ।
दशकौंको बहसः
यसका लागि खगोलविदको समूहले एक नयाँ डेटा मोडल विकसित गरेको छ । यो डेटा मोडल विभिन्न तौल र उमेर भएका ताराबाट निस्कने चमकको भविष्यवाणी गर्दछ । यो नयाँ मोडलले जम्मा गरिएको डेटा र पूर्वानुमानित वैज्ञानिक मोडलबीचको अन्तर्विरोधमा प्रकाश पार्ने काम गर्दछ । एल्बर्ट भन्छन्, ‘आँकडाका अनुसार सूर्यजस्तो कम तौल भएको ताराबाट पनि तपाईंले चम्किलो प्लानेटरी नेबुला पाउन सक्नुहुनेछ ।’
कमजोर तर चम्किलो ?
अब यो पत्ता लागिसकेको छ कि ताराको जब मृत्यु हुन्छ तब त्यसबाट ग्याँस र धुलो निस्कँदा त्यो पहिलेको अनुमानभन्दा तीन गुणा बढि तातो हुन्छ । यसै कारण सूर्यजस्तो कम तौल भएको ताराले पनि चम्किलो प्लानेटरी नेबुला बनाउने गर्दछ । वैज्ञानिकले पत्ता लगाएको छ कि सूर्य कम तौल भएको तारा हो । तरपनि यसले देख्न सकिने प्लानेटरी नेबुला बनाउन सक्छ । यद्यपी, त्यो निकै कमजोर पनि छ । -बीबीसी
प्रतिक्रिया दिनुहोस