विराटनगर । चार महिनादेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थी पढाइमा फर्किएका छन् । कलेज प्रशासनसँग सहमति भएपछि बिहीबार उनीहरु आन्दोलन स्थगित गरेर कलेजमा फर्किएका हुन् ।
उनीहरुको धेरै पढाइ छुटेकाले छुट्टै कक्षा सञ्चालन गर्ने सहमति भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालले बताए ।नोबेल मेडिकल कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएका थिए । तर १० जना भने आफूहरुलाई सुरक्षा खतरा रहेको भन्दै नोबेलबाट स्थानान्तरण माग गर्दै आन्दोलनमा थिए ।
बुधबार काठमाडौंमा भएको छलफलपछि विद्यार्थीहरु कक्षा फर्कन सहमत भएको कलेज प्रशासनले बताएको छ । सहमति पत्रमा कलेजका प्राचार्य प्रा. डा.रामहरि घिमिरे र सल्लाहकार डा. केपी शर्मा र विद्यार्थीको तर्फबाट आन्दोलनरत १० जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, १३ : ४०
लेखकबाट थप