आइसिसी विश्वकप लिग : पपुवा न्युगिनीविरुद्ध फिल्डिङ गर्दै नेपाल

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १० : ५५
आइसिसी विश्वकप लिग : पपुवा न्युगिनीविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा सम्पन्न टसमा पपुवा न्युगिनीले  टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङको निम्तो पाएको हो । 

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ । 

प्रतिक्रिया दिनुहोस