स्टार अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरू

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १३ : ०५
स्टार अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरू

काठमाडौँ ।  सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरू भएको छ।

नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको हो।

योसँगै अब स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी ई–सेवा मोबाइल एप्लिकेसनमार्फत गर्न सकिनेछ।

ई–सेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गई स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रmपमा तत्काल भुक्तानी गर्न सकिने छ। अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति दिनुका साथै कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमलाई पनि कम गर्ने ई–सेवाले जनाएको छ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवाहरु चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टि बढाउने स्टार अस्पतालले अपेक्षा गरेको छ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड ९ईएमआर० मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधि निर्माणको काम गर्दै आएको छ।  

प्रतिक्रिया दिनुहोस