भारतको सहयोगमा निर्मित प्रहरी विद्यालयको बहुउद्देश्यीय भवन उद्घाटन

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १६ : ४७
भारतको सहयोगमा निर्मित प्रहरी विद्यालयको बहुउद्देश्यीय भवन उद्घाटन

काठमाडौँ  ।  भारत सरकारको आर्थिक सहयोगमा कैलाली जिल्लाको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको छ।

भारतीय राजदूतावासका प्रथम सचिव नवीनकुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बुधाबार कैलाली जिल्लाको धनगढीस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको भवन उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकारका अधिकारीलगायत सहभागी थिए।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्ये एक हो।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत ४ करोड २२ लाख ६० हजार रुपैयाँ लागतमा यी नयाँ भवनको निर्माण गरिएका हुन्। सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा ६६५ जना विद्यार्थी अध्ययनरत छन्।  

प्रतिक्रिया दिनुहोस