विद्यालयमै स्वास्थ्य शिविर, विद्यार्थीको चेकजाँच तथा उपचार हुने

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १२ : ३२
विद्यालयमै स्वास्थ्य शिविर, विद्यार्थीको चेकजाँच तथा उपचार हुने

काठमाडौं । विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि शिविर सञ्चालन गरिएको हो ।

जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । दार्चुलाका नौवटा स्थानीय तहहरूको  दुई दुई वटा विद्यालयहरूमा यो शिविर शिविर सञ्चालन गरिनेछ । हाल ब्यास गाउँपालिका र दुँहु गाउँपालिकाको विद्यालयहरूमा स्वास्थ्य शिविर सम्पन्न भएको छ भने अन्य स्थानीय तहका विद्यालयमा शिविर सञ्चालन हुन बाँकी छ । 

दुँहु गाउँपालिकाको धारीपाटा मावि धारीमा १२ फागुन र गौरीलमाण्डौ मावि हिकिलामा १३ फागुनमा शिविर सम्पन्न भएको छ । त्यसैगरी ब्यास गाउँपालिकाको हिमालय मावि हुतिमा १५ फागुन र सम्पाल मावि सुन्सेरामा १६ फागुनमा  शिविर सम्पन्न गरिएको थियो । यी चारवटा विद्यालयहरूका करिब एक हजार ४०० विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रत्येक विद्यालयमा दाँत र कानसम्बन्धी समस्या भएका ३०देखि ४० जना विद्यार्थी भेटिएका छन् । उनीहरूलाई औषधि वितरण गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस