रत्ननगर महोत्सव : एकै दिन १५ हजारले गरे अबलोकन

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १९ : ३९
रत्ननगर महोत्सव : एकै दिन १५ हजारले गरे अबलोकन

चितवन रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सवको मंगलवार एकैदिन १५ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । महोत्सवमा अबलोकनकर्ताको भीड लागेको छ । मंगलवार शिवरात्री परेका कारण पनि महोत्सवमा अबलोकन कर्ताको भीड लागेको हो । 

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा महोत्सव सुरु भएको हो । उद्घाटनमा उत्साहजनक सहभागिता रहेको सो महोत्सवको तेस्रो दिन अपेक्षाकृत अबलोकनकर्ताहरु आएको महोत्सव मुल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । जाडो सकिएर गर्मी सुरु भइसकेको समयमा अबलोकनकर्ताहरु कमी हुन्छन की भन्ने आशंका गरिरहेका बेला मंगलवारको उपस्थितिले त्यस्तो आशंका हटेको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए ।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत मंगलबार चर्चित गायिका भूमिका गिरीले स्टेज तताएकी छन् । गिरीको चोली मैलै भो बोलको गीत अहिले चर्चामा छ । गायिका गिरीले चोली मैलै भा लगायत मायामै पिरलो,तिउन मिठा बनायो चुकैले बोलको गीत प्रस्तुत गरी स्टेज तताएकी हुन । त्यसैगरी अर्की चर्चित गायिका रचना रिमालले सम्झिनी पानी छम्किनी बोलको गीत, गायक भूवन प्यासीले हे काली,गायिका विन्दु परियारले पर्ख पर्ख मायालु म पनि त आउला बोलको सहित एक दर्जन गीत गायका थिए । मंगलवारनै जादुगर बलराम गिरीले जादुकला तथा स्थानीय गायक अर्जुन गुरुङले प्रस्तुती दिएका थिए ।

त्यसैगरी स्तब्ध व्याण्ड र ड्रिम्स डान्स एकाडेमीको प्रस्तुती समेत रहेको कला तथा साँस्कृतिक समितिका संयोजक प्रकाशमणि सापकोटाले जानकारी दिए ।  बुधवार गायक राजु परियार,गायिका दुर्गा सापकोटा,गायक गोविन्द अधिकारी,जादुगर बलराम गिरीको प्रस्तुती रहने सापकोटाले जानकारी दिए । फागुन २३ गते सम्म सञ्चालन हुने सो महोत्समा महोत्सवमा ४२५ स्टल रहेका छन् । महोत्सव ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव निराजन खनालले बताए ।  
 

प्रतिक्रिया दिनुहोस