निःशुल्क रक्त परीक्षण कार्यक्रम सुरु

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १३ : ४०
निःशुल्क रक्त परीक्षण कार्यक्रम सुरु

काठमाडौ । पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ । 

सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षणमा ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ

ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर कुश्मा नगरपालिकाले यो कार्यक्रम सुरु गरेको हो । 


 

प्रतिक्रिया दिनुहोस