हालसम्म १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, २० : ४५
हालसम्म १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गरेकी छन् । 

मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको भोटेकोशी गाउपालिकामा आज आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँव्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् । 

मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएरपनि भूमि विहिन बनीरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड  दिइन् । 

मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस