चितवनमा मतगणना सुरु

शुक्रबार, २२ मंसिर २०७४, १४ : ४०
चितवनमा मतगणना सुरु

चितवन, मंसिर २२ । चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको थियो ।  तर तयारी नपुगेकोले केही समय ढिलो भएको चितवनका मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो ।


चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति अबेरसम्म लागेको थियो । यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना गर्ने तयारी छ । सबै मतपेटिका मतगणना स्थलमा ल्याईसकिएको छ ।

प्रतिक्रिया दिनुहोस