भूमिहिनिलाई भूमिको मालिक बनाउने हाम्रो पहिलो दायित्व हो: महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १३ : १६
भूमिहिनिलाई भूमिको मालिक बनाउने हाम्रो पहिलो दायित्व हो:  महानगर प्रमुख दाहाल

चितवन । राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण प्रक्रियाका लागि भरतपुर महानगरको वडा नम्बर ११ को केबिलाईनमा  नापजाँच सुरु गरेको छ । भरतपुर महानगर प्रमुख  रेनु दाहालले कार्यक्रमको उद्धघाटन गर्दै भूमिहिनिलाई भूमिको मालिक बनाउने पहिलो दायित्व आफ्नो भएको स्पष्ट पारिन् ।भूमिहिनहरुलाई भूमिको मालिक बनाउन सबैभन्दा बढी चिन्तामा आफुलाई रहेको उनले बताईन ।  

हिजो चुनावको बेला, निर्वाचनको समयमा जनतालाई आश्वाश नै आश्वासनमा अल्मिन पर्यो, पीडा यहाँहरु माझ छ । तर, अब चुनावको वेला यो गुनासो गर्न नपर्ने गरी काम सुरु भईसकेको छ । पूर्वाधार, बाटाघाटा धेरै बनायौँ, बीसौँ, तीसौँ बर्ष हुन नसकेका काम हामीले गरेका छौँ भन्दै मेयर रेनुले यो ४ बर्षको अवधिमा भरतपुरको विकास तीव्रतम ढंगबाट अगाडि बढेको जानकारी दिईन् ।

अब जनताको मुहारमा खुसीयाली ल्याउने काम हाम्रो पहिलो प्रथामिकता हो, उनले अगाडि भनिन् भूमिहिनिलाई भूमिको मालिक बनाउने हाम्रो पहिलो दायित्व हो । उनले प्रतिबद्धता जायर गरे अनुसार काम गरेका स्पष्ट पार्दै अब भूमिहिनले लालपूर्जा आफ्नै कार्यकालमा दिएरै छाड्ने बताईन् । यस्तै सोही अवसरमा भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले विगतका आयोगले निवेदन लिने मात्र काम गरेको भन्दै, अब विगतका झन्झटहरुलाई पन्छाउँदै ३५ दिन भित्रमा सहज रुपमा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने दावी गरे।

तिमिल्सिनाले अब बोलेर मात्र नभई चितवनभरका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेरै देखाउने ठोकुवा गरे। उनले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै ढुक्क साथ नाँपजाँच अभियानमा सरिक हुन आग्रह गरे ।

कार्यक्रममा भरतपुर वडा नं. ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले भूमिहिनलाई लालपूर्जा दिने प्रक्रिया सुरु गर्न पाउदा निकै खुसी लागेको बताए । चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस