आईपीएल : राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै किंग्स इलाभेन पन्जाब विजयी

सोमबार, २४ बैशाख २०७५, ०८ : ०७
आईपीएल :  राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै  किंग्स इलाभेन पन्जाब विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले छैटौं जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउदै पन्जाबले लिगमा छैटौं जित निकालेको हो ।
१ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले ८ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा १ सय ५५ रन जोड्दै जित हासिल गरेको थियो । ओपनर राहुलले अन्तिम सम्म मोर्चा सम्हाल्दै टोलीलाई जित दिलाएका थिए ।

५४ बल खेलेका राहुलले ७ चौका र ३ छक्काको मद्दतमा अविजित ८४ रन बनाएका थिए । उनलाई करुण नायर र मार्कुस स्टोनिसले ब्याटिङमा साथ दिएका थिए । करुणले ३१ र मार्कुसले अविजित २३ रन जोडे । २३ बल खेल्दै २ छक्का र २ चौका तथा मार्कुसले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

राजस्थानका कृष्नाप्पा गोथम, जोफ्रा आर्चेर, बेन स्टोक्स र अनुरित सिंहले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले ओपनर जस बटलरको अर्धशतकसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । राजस्थानलाई मध्यम स्कोरमा रोक्ने क्रममा पञ्जाबका मुजिब उर रहमानले ३, एन्ड्रियू टेले २ तथा रविचन्द्रन आश्विन, अंकित राजपुत र अक्षर पटेलले १ विकेट लिए ।

जिब उर खेलको म्यान अफ दी म्याच घोषित भए । बटलरले ३९ बलमा ७ चौकाका साथ ५१ रन, सञ्जु सिमसनले २८, बेन स्टोक्सले १२ र राहुल त्रिपाठीले ११ रन जोडेका थिए ।
यो जितसँगै तेस्रो स्थानको पन्जाबले ९ खेलबाट १२ अंक जोडेको छ । र, पन्जाबले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित राजस्थान ६ अंक जोडेर लिगको पुछारमा रहेको छ । राजस्थानको यो तेस्रो हार हो ।

आईपीएलको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादले ९ खेलबाट १४ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सको पनि समान १४ अंक रहेको छ ।  यस्तै कोलकाता नाइटराइडर्स १० अंक जोडेर चौथो स्थानमा रहेको छ । आइतबार भएको पहिलो खेलमा कोलकातालाई पाँचौ स्थानको मुम्बई इण्डियन्सले १३ रनले हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस