काठमाडौं १ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र दोस्रो

शुक्रबार, २२ मंसिर २०७४, १३ : ०५
काठमाडौं १ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र दोस्रो

काठमाडौं,२२ मंसिर । सबैको चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पहिलो सुचना आएको छ । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने उनका निकटतम विवेकशील साझाका रविन्द्र मिश्र २६६ मतले पछि परेका छन छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस