काठमाडौं । नेपाल राष्ट्र बैंकले आईबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ७३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ५८ पैसा र बिक्री दर १६२ रुपैयाँ ३९ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ तिन पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७३ पैसा र बिक्री दर ८५ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२२ खर्ब ३२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : डा. स्वर्णिम वाग्ले