धनगढी । पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ । अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको बिरोध र्याली धनगढीस्थित सुदूरपश्चिम प्रदेश मुख्यन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेर रोकिएको थियो । मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीले राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो ।
प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए । आन्दोलनरत विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक जना प्रहरी जवान सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
अहिले स्थिति सामान्य बनेको उनले बताए । प्रहरीको लाठी चार्जपछि विद्यार्थीले मुख्यमन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उडिसाबाट काँकरभिट्टा हुँदै फर्किए २० जना विद्यार्थी
केआइआइटीबाट एक सय ५९ विद्यार्थी फर्किए
केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेजमा फर्किन ८ बुँदे सर्त
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
गाउँको विद्यालय: जहाँ शहरका विद्यार्थी पढ्छन्
विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय