६८ जना उपसचिवको सरुवा

सफल खबर संवाददाता

मंगलबार, १८ माघ २०७८, २१ : २३
६८ जना उपसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको छ। सचिवस्तरीय निर्णयबाट उपसचिवको सरुवा गरिएको हो। सरुवा गरिएका २६ जना उपसचिव चाहिं अतिरिक्त समूहमा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत थिए। अतिरिक्त समूहमा राखिएका उनीहरुलाई अहिले संघ प्रदेश र स्थानीय तहमा खटाइएको हो।

सोमबार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो। मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा स्थानीय तहसम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।कतिपय कतिपय बढुवापछि पदस्थापन समेत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस