सिरहामा गहुँ उत्पादनमा वृद्धि

शनिबार, २२ बैशाख २०७५, ०८ : ४९
सिरहामा गहुँ उत्पादनमा वृद्धि

लहान । सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

यस वर्ष उन्नत जातको बीउ वितरण गरिएको, समयमै वर्षा भएको र रोगकीराकोप्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जनाइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस