अब चार महिनाभित्रै उपत्यकामा : मेलम्ची पानी ल्याउने योजना अन्तिम चरणमा

पत्रपत्रिकाबाट

शुक्रबार, २२ मंसिर २०७४, ०९ : ०४
अब चार महिनाभित्रै उपत्यकामा : मेलम्ची पानी ल्याउने योजना अन्तिम चरणमा

समयमै ससरकारी योजना पुर भए आगामी चार महिनाभित्र मेलम्चीको पानी उपत्यका भित्रिने भएको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्म मेलम्चीको पानी उपत्यका आउने भएको हो । आउने चार महिनाभित्रै उपत्यकामा पानी ल्याउन सरकार अन्तिम तयारीमा छ ।

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार अब आठ सय २७ मिटर मात्रै सुरुङ खन्न बाँकी छ । लगभग सुरुङ खन्ने काम सकिन लागेकाले चैतभित्रै उपत्यकामा पानी आउने सम्भावना बढेको हो ।(नागरिक)

प्रतिक्रिया दिनुहोस