काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७५ पैसा र बिक्री दर १३५रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८५ पैसा र बिक्री दर १६१ रुपैयाँ ६६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९७ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर