जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुर धाममा प्रहरी र सिके राउतको जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ।
प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि मतदान स्थल तोकिएको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधाम भित्र जनमत पार्टीका कार्यकर्ता छिर्न खोज्दा झडप भएको हो ।
कार्यकर्ताहरु हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए। झडप भएको क्षेत्र प्रहरी कार्यालय नजिक रहेको छ। प्रहरीले अहिले भिडलाई तितर बितर पारेको छ। झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिहेमा झडप हुँदा युवकको मृत्यु
पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप
पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप
कैलालीमा स्थानीय र प्रहरीबिच झडप