जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

शुक्रबार, २१ बैशाख २०७५, १८ : २५
जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिकाको छारेबगबाट गोतमकोटतर्फ गइरहेको रा१ज ५९०२ नंको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

दुर्घटनामा परी आठविसकोट नगरपालिका–४ गोतमकोटका ३२ वर्षीय कर्ण बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । नगरपालिका–५ का २४ वर्षीय भुपेन्द्र विक र नगरपालिका–४ का २३ वर्षीय प्रजित विकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते दुवैलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस