पाल्पामा अनौठो गुफा फेला

शुक्रबार, २१ बैशाख २०७५, १२ : १२
पाल्पामा अनौठो गुफा फेला

पाल्पा । रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीयवासी दिनेश कुमालले जानकारी दिनुभएको छ ।

गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शंख, विभिन्न भगवान्का आकृति, पानीका धारा, पानी पोखरी रहेका छन् । गुफाको भित्री भाग निकै फैलिएकाले गुफाभित्र एक हजार मानिस अट्ने क्षमता रहेको शंकर कुमालले जानकारी दिनुभयो ।

यहाँका १३ जना स्थानीय युवाले आज गुफाको खोजी अनुसन्धान गर्ने क्रममा भित्र पसेर हेर्दा अनौठो प्रकृतिको गुफा फेला परेको नगरपालिका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । यस गुफाले रामपुरको पर्यटन विकासमा ठूलो टेवा पु¥याउने हँुदा गुफाको संरक्षण र विकासमा नगरपालिका लाग्ने उहाँ बताउनुहुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस