आइपिएल : चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकता नाइट राइडर्स विजयी

शुक्रबार, २१ बैशाख २०७५, ०८ : १२
आइपिएल : चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकता नाइट राइडर्स विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले जित हासिल गरेको छ । बिहिबार राति भएको खेलमा कोलकताले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
कोलकतास्थित इडेन गार्डेन स्टेडियममा चेन्नईले दिएको १७८ रनको लक्ष्य घरेलु टोलीले १७ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । कोलकताको जितमा शुबमान गिलले अविजित ५७ रन जोड्दा कप्तान दिनेश कार्तिकले अविजित ४५ रनको योगदान दिए । त्यस्तै सुनिल नारिनेले ३२, रिन्कु सिंहले १६ तथा क्रिस ल्यानले १२ रन जोडे । चेन्नईका लुंगी निग्दी, केएम आसिफ,रविन्द्र जडेजा र हर्वजन सिंहले समान १ – १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १७७ रन जोडेको थियो । चेन्नईको लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ४३ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । यस्तै सुरेस रैनाले ३१, फाप डु प्लेसिसले २७ र अम्बाती रायडूले २१ रन जोडेका थिए । कोलकताका पियुस चावाला र सुनिल नारिनेले समान २ – २ विकेट हात पारे ।

यो जितसँगै कोलकता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ९ खेलबाट ५ जित र ४  हारसहित १० अंक जोडेको छ । जितपछि कोलकताले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । पराजित चेन्नई दोस्रो स्थानमा झरेको छ । चेन्नईले ९ खेलबाट ६ जित र ३ हारसहित १२ अंक जोडेको छ ।
लिगको शीर्ष स्थानमा रहेको सनराईजर्स हैदरावादको ८ खेलबाट १२ अंक रहेको छ । लिगमा १० अंक जोडेको किंग्स इलाभेन पन्जाब चौथो स्थानमा रहदा ६ अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर पाँचौ स्थानमा रहेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस