आइपिएल : राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली डेयरडेभिल्स छैटौं स्थानमा

विहीबार, २० बैशाख २०७५, ०७ : ५२
आइपिएल : राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली डेयरडेभिल्स छैटौं स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै आइपिएलको अंक तालिकामामाथि उक्लेको छ । नेपालका यूवा स्पिनर सन्दीप लामिछानेलले दिल्लीको नवौं खेलमा पनि खेल्ने अवसर पाएनन् ।

दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस जितेर रोयल्सले दिल्लीलाई ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो । १८ औं ओभरको १ बलमा वर्षाले खेल प्रभावित हुँदा कप्तान श्रेयास ऐयर र ऋषभ पन्तको अर्धशतकको मद्दतमा दिल्लीले ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो । पन्तले ६९ र ऐयरले ५० रन प्रहार गरे भने प्रिथिभी शाहले पनि ४७ रनको योगदान दिए ।
वर्षाका कारण १२ ओभरमा छोट्याईएको खेलमा पाएको १ सय ५१ रनको लक्ष्यलाई पछ्याउने क्रममा रोयल्सले ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । ड्याकर्शी शर्टले ४४ तथा जोस बटलरले ६७ रन बनाएपनि त्यो पर्याप्त रहेन । दिल्ली ९ खेलमा ३ जित सहित छैटौं स्थानमा उक्लेको छ । राजस्थान भने साथौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस