काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच आज भएको टेलिफोन वार्तामा द्विपक्षीय सहकार्यका विविध क्षेत्रका बारेमा छलफल भएको हो। विकास साझेदारी र कोरोना महामारीमा पनि नेपाल र भारतबीचको सहकार्य उल्लेखनीय रहेको उनीहरूबीच कुराकानी भएको थियो।
मन्त्रालयका अनुसार उनीहरुबीच दुई देशबीचको सहकार्यको दायरा अझ फराकिलो बनाउने सम्बन्धमा पनि छलफल भएको थियो। परराष्ट्रमन्त्री डा खड्का र भारतीय विदेशमन्त्री जयशङ्करले नयाँ वर्षको शुभकामनासमेत आदानप्रदान गरेका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ पुस २०७८, ०७ : ५६
लेखकबाट थप