वलात्कार अभियोगमा चितवनका कानून व्यवसायी पक्राउ

बुधबार, १९ बैशाख २०७५, १६ : ३२
वलात्कार अभियोगमा चितवनका कानून व्यवसायी पक्राउ

प्रतिकात्मक फोटो

चितवन । भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई आज म्याद थप गरी जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताउनुभयो । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । भट्टराई जिल्ला अदालत बार एशोसिएशन चितवनका साधारण सदस्य हुन् । (रासस)

प्रतिक्रिया दिनुहोस