एजेन्सी । चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धुम्रपान दर १९.९ प्रतिशतमा झरेको छ। मंगलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धुम्रपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको छ।
दोस्रो व्यक्तिले गरेको धुम्रपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२।५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्याङ्कमा उल्लेख छ।
धुम्रपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ। बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेको छ। सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ पुस २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौँ प्रस्थान