काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको दोस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ ।
बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै संगठनात्मक कामको रिपोर्टिङ भएको एमालेले जनाएको छ ।
यस्तै केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा यही पुस २३ गते जिल्ला अधिवेशन गर्नका लागि आवश्यक तयारी गर्न मातहतका कमिटीलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, २० : ५७
लेखकबाट थप